Harsamaya
भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टियो,दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टियो ।

काठमाडौं - भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन् । 

बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडीबीच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए । 

तीव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए  । उनले भने,‘ तीव्रगतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडीमा ९ जना यात्रु रहेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update