नेपाल सुपर लिग: आज चितवन र ललितपुर भिड्दै

काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र ललितपुर सिटीएफसी भिड्दै छ ।
खेल बिहीबार त्रिपुरेश्वरस्थितदशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरले एक जित र दुई बराबरीसहित पाँच अङ्क निकालेको छ ।
जारी प्रतियोगितामा एफसी,चितवन, ललितपुर सिटीएफसी, पोखरा थन्डर्स, धनगढीएफसी, काठमाडौं रेजर्स, झापाएफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय