चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने, ‘अब अमेरिका सर्नुहोस्’

वासिंगटन डिसी - चीनले अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको बताएका छन् ।
सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’
चीनको सामानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरे पछि चीनले पनि भोलि देखी नै लागू हुने गरी जबाफमा ८४ प्रतिशत कर लगाएको छ । चीनमा रहेका कतिपय अमेरिकन उद्योगलाई शंकास्पद सूचीमा राखेको घोषणा पनि गरिएको छ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ २०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय