Harsamaya
गृहमन्त्रीले लिए घाइते रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिग्दै ।

काठमाडौं - गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

मंगलबार मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुपर्‍यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुपर्‍यो भन्दै आग्रह गरिन् । 

सोही क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएकाछन् सबैको सरकारले निशुल्क उपचार गर्ने स्मरण गराए । बाहिरबाट औषधी किनेको भएतापनि त्यसको बिल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जाने र त्यो बराबरको भुक्तानि हुने पनि उनले जानकारी दिए । 

उनले भने,‘जतिपनि घाइतेहरु यहाँ आउनुभयो उहाँहरुको सरकारले निशुल्क उपचार गर्ने भनेर निर्णय गरिसकेको छ । सरकारको प्रतिबद्धता छ । सबै घाइतेहरुले निशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर नै म हेर्न आएको हो । बाहिरबाट औषधी किनेको भएतापनि त्यसको बिल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यो बराबरको भुक्तानि हुन्छ ।’ 

कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो । रेविकाको अवस्थामा केही सुधार आएसँगै हिजो आईसीयूबाट क्याबिनमा सारिएको छ । 
रेविकाका दाइ दिनेश भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन् ।

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update