दुई हजारले बढ्यो सुनको भाउ

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा लगातार ४ दिनको गिरावटपछि आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय