Harsamaya
म्याराथनबाट १२ लाख बचत
अक्षयकोष। सांकेतिक तस्वीर: हर समय/Har Samaya

पोखरा - १९औं पोखरा अन्तर्राष्ट्रिय उत्पादन गर्ने उद्देश्यले मञ्चले सुरू गरेको अक्षयकोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ संकलन भएको कोषाध्यक्ष बरुवालले जानकारी दिए । 

सो अक्षयकोषमा देशविदेशमा छरिएर रहेका मञ्चका आजीवन सदस्य र दिवंगत आजीवन सदस्यका परिवारबाट आफ्ना स्वर्गीय स्वजनको स्मृतिमा रकम प्रदान गरेका हुन् । सो अक्षयकोषमा मञ्चका आजीवन सदस्य तथा डायमन्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरुङले रकम प्रदान गरी सुरुवात गरेका थिए।

म्याराथनबाट १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको छ । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गत फागुन ३ गते सम्पन्न गरेको पोखरा म्याराथनबाट सो रकम बचत भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक भएको आयोजकको दाबी छ। कुनै बेला आर्थिक अभावका कारणका तीन/तीन पटक स्थगित पोखरा म्याराथनले कोभिडपछिका तीन वर्ष घाटा व्यहोरेको थियो।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालि, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्प्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update