Harsamaya
मुम्बई आक्रमणका आरोपीलाई भारत सुम्पँदै अमेरिका
अमेरिकी सुप्रिम कोर्टले २००८ नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणका आरोपी तहब्वर हुसैन राना।

एजेन्सी - अमेरिकी सुप्रिम कोर्टले २००८ नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणका आरोपी तहब्वर हुसैन रानाले भारत पठाउन रोक लगाइदिन माग गरेको अपिल खारेज गरिदिएको छ । 

अपिल खारेजसँगै अब उनलाई भारतीय अधिकारीलाई सुम्पिने प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको छ । पाकिस्तानी मूलका क्यानडेली नागरिक ६४ वर्षीय तहब्बुर अहिले अमेरिकाको लस एन्जलसको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा बन्दी छन् । 

अमेरिकामा तहब्बुरलाई २०१३ मा आफ्ना साथी डेभिड कोलम्यान हेडलीसँग मुम्बई आक्रमण सम्पन्न गराएको र डेनमार्कमा आक्रमणको योजना बनाएको आरोपमा दोषी पाइएको थियो

अमेरिकी अदालतले यी घटनामा तहब्बुरलाई १४ वर्षको जेल सजाय सुनाएको थियो। तहब्बुर हुसैन रानाको जन्म पाकिस्तानमा भएको थियो। र उनी त्यहीँ हुर्किएका थिए। मेडिकल डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोर टिममा समावेश थिए ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update