मेनुका राईको ‘हेलो हाई नमस्कार’ गीत सार्वजनिक
काठमाडौं - मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो। माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरूलाई गीतमा समेटिएको छ।
ज्ञानेन्द्र शर्मा हुमागाँईको छाँयाकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ ०८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय