
काठमाडौं - नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ र रोमाञ्चक क्याम्पेन खुसीको मिटर' सार्वजनिक गरेको छ।
यस क्याम्पेनमा गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत एक लाख रूपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने अवसर पाउनेछन्। बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको हो। यसमा जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।
उक्त उपहार प्राप्त गर्न भने बिजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको कम्पनीको भनाइ छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि सोरुममा नै खेल्न पाउनेछन् ।
यो इन-स्टोर नेछन डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको खुसीको मिटर रोकेर एक लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । खुसीको मिटर' केबल एक प्रचारको लागि अफर मात्र नभई यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास भएको बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए ।
यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज सोरुमहरुमा र बजाजका डिजिटल प्लेटफर्महरूमा सञ्चालनमा छन् ।