Harsamaya
विवाद भएपछि खुकुरी प्रहार: युवक घाइते
खुकुरी। प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

धनुषा - धनुषाको मिथिला बिहारी नगरपालिका-५, ललियामा सोमबार राति एक युवकमाथि खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट सोही ठाउँका २५ वर्षीय श्यामसुन्दर मण्डल गम्भीर घाइते भएका छन् । लियास्थित साप्ताहिक बजारनजिक दुई व्यक्तिबिच विवाद भएपछि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ललियाका सहायक प्रहरी निरीक्षक रामजीवन चौधरीले मण्डलमाथि खुकुरी प्रहार गर्ने सोही स्थानमा मदिरा पसल सञ्चालन गर्दै आएका करिब ५० वर्षीय विजय नाम गरेका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । आक्रमणपछि विजय फरार रहेका छन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट मण्डलको घाँटीमा गहिरो चोट लागेको छ।  उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सहायक प्रहरी निरीक्षक चौधरीले दुई जनाबीच विवादको कारण खुल्न नसकेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए । घटनालगत्तै फरार भएका विजयको खोजी जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update