
काठमाडौं - पियोर इनर्जी लिमिटेडले भोलि अर्थात् चैत २८ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उब्त आइपिओ बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको आइपिओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । यो कम्पनीमा गोल्यान समूहको लगानी छ ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । २० मेगावाटको सौर्य उर्जा क्षमताको भएको यसको परियोजना लागत २ अर्ब २ करोड ६० लाख रहेको रेटिङ एजेन्सीले जनाएको छ ।
कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
सर्वसाधारणको यस आइपिओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ ।