Harsamaya
रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैछ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकको छलफलका एजेन्डाहरूमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन् ।

सभापति रवि लामिछाने पुनः पक्राउ परेपछि रास्वपाले पहिलो पटक केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको हो । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update