Harsamaya
 बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update