
एजेन्सी - चीनमा विकास गरिएको एआइ रोबोटले मानिसहरुले जस्तो गतिविधि गर्न सक्ने जनाइएको छ । ति रोवोटहरू मानव जस्तै चहलपहल गर्ने गरेका छन् । यस्तो आविष्कारले चीनका उच्च प्रविधि कम्पनीहरूले मूर्त एआई रोबोटहरू विकास गर्नमा उल्लेखनीय प्रगति गरिरहेका प्रष्ट हुन्छ ।
बेइजिङस्थित कम्पनीको एउटा रोबोट लगभग १.७ मिटर अग्लो छ र लगभग ६३ किलो तौलको छ। यो प्रति सेकेन्ड ३.६ मिटर दौडन सक्छ र केवल चार औंलाले २० किलो तौल उठाउन सक्छ।
रोबोटले गहन सिकाइ क्षमताको छ । त्यसले परिष्कृत कार्यहरू गर्न सक्छ । कम्पनीका सहसंस्थापक शी यूका अनुसार रोबोटहरूलाई मानिसहरूको घरको हिस्सा बनाउने अन्तिम लक्ष्य रहेको सुनाए ।
त्यस्तै बेइजिङको अर्को कम्पनीको एक रोबोटलाई बायोनिक मांसपेशी र छालाले सुसज्जित गरिएको छ । जसलाई मान्छेको जस्तै जीवनशैली र अनुहारमा परिणत गरिएको छ ।
तालिम र सिकाइपछि रोबोटले आफ्नो मांसपेशी र छालालाई सक्रिय पारेर छ वटा आधारभूत भावनाहरू पैदा गर्ने गरेको छ । २०० भन्दा बढी गतिशील अभिव्यक्तिहरू पनि दिने गरेको छ । मानवोइड ति रोबोटहरू विशेष गरी वृद्धहरुको हेरचाहमा उपयोगी हुनेछन्।
चीनले मूर्त एआइ रोबोटको विकासलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ । देशले २०२५ सम्ममा मानवोइड रोबोटहरूको लागि प्रारम्भिक नवप्रवर्तन प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ ।
२०२७ सम्ममा सुरक्षित, भरपर्दो औद्योगिक उत्पादनहरूमा ध्यान दिएको छ । जसले वास्तविक अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने अनुमान गरिएको छ ।