अटोमोबाइल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो: श्रम मन्त्री

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नितिगत र व्यवहारिक पक्षबाट बहस र छलफल गरि ठोस निष्कर्ष निकाल्नु पर्ने सुझाव दिए।
उनले नेपाल जस्तो मुलुकका लागि अटो मोबाइल अत्यन्तै महत्त्वपूर्ण निर्माण विकास पूर्वाधारको रूपमा आवश्यकता भन्दा बढी विलासिताको वस्तुको रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए।
यस क्षेत्र राजस्व उठाउने क्षेत्रमात्र नभइ आन्तरिक रोजगारी सृजना गर्ने क्षेत्र पनि भएको हुनाले श्रम, रोजगार मन्त्रालयको महत्वपूर्ण अंग भएको जिकिर उनको छ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ १९:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय