कटुवा पेस्तोल तथा अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

रौतहट - ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित गौर नगरपालिका-४ टिकुलिया बस्ने २१ वर्षीय सावन गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ १९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय