काठमाडौं - नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाटअगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताएकी छिन् ।
मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफसिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् ।
उनले भनिन्, ‘आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशनमात्र नभएर नेपाललगायत विश्व भरका राष्ट्रहरूको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।’
यस्तै, उनले चीनको नेतृत्वमा अगाडि बढी रहेको यो प्रयोजनले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै नेपालजस्तो भूपरिवेष्टित राष्ट्रकालागि अन्तर्राष्ट्रिय व्यापार मार्गहरूमा पहुँचको लागिपनि सहज हुने बताइन् ।
उनले भनिन्, ‘नेपालकालागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढिरहेको यो प्रयोजनले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । नेपालजस्तो भूपरिवेष्टित राष्ट्रकालागि अन्तर्राष्ट्रिय व्यापार मार्गहरूमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।’