राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज सो म्याद थप भएको हो ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोपमा प्रहरीले सोही राती पक्राउ गरेको थियो ।
काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनालाई अनुसन्धानका निम्ति थप १५ दिनको म्याद थप गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय