
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् । मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरू अटाउने गरि, सबै शक्तिहरूको सहमतिमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले देशलाई अहिलेको अवस्थाबाट अगाडि जान सक्दैन, पछाडि फर्किन्छ भनेर भनेको पनि होइन् । तर अब देश यही रहन सक्दैन देशलाई अगाडि जान छ । तर यही बाटोबाट देश अगाडि जान सक्दैन । त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरू अटाउने गरि, सबै राजनीतिक शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी गरौं । हिजोका राम्रा कुराहरू समेटेर जाउ र अहिलेको पनि राम्रा कुराहरू समेटेर नयाँ समझदारी गरौं । नेपालको मौलिक व्यवस्था निर्माण गरौं । जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी सबै अटाउने छन् ।’
यसको साथै, उनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन् ।
उनले भने, ‘राप्रपा कुनैपनि हिंसामा विश्वास गर्दैन् र जसले जे का लागि भएपनि गर्ने हिंसाको विरुद्धमा छ । चैत्र १५ गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो । त्यसका प्रति हामी खेद प्रकट गर्दछौ । त्यसको निन्दा गर्न चाहन्छौ । म अहिले पनि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो । त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो । त्यो भन्नमा कुनै आपत्ति छैन् । हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौ । हामी शान्तिपूर्ण प्रदर्शन र दबाबबाटै हाम्रो मान्यताहरु स्थापित गर्न सक्छौ भन्ने कुरामा विश्वस्त छौ ।’