
जनकपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्गका कुरा गर्दा नपत्याएर आफूलाई विरोध गरेको बताएका छन् । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले जनकपुरमा रेल यात्रा सहज भएकाले गर्न चाहदा खेरि गर्न नसकिने केही कुरा नभएको स्पष्ट गरे ।
‘प्रतिपक्ष रचनात्मक रहोस् । सरकारले पनि प्रतिपक्षलाई साथमै लिएर जाने सोच बनाओस् र यो प्रदेशलाई मुलुककै नमुना प्रदेश बनाउन सकियोस् ।’, प्रधानमन्त्री ओलीले भजे, ‘उचित नीति बनाएर तद्अनुसार एकता र एकरुपताका साथ काम गर्न म आव्हान गर्दछु । यहाँको विकासका काममा संघीय सरकारको सक्दो साथ रहनेछ ।’
प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभुति र विद्वान एवं छिन्नमस्ता, गढीमाइलगायत देवदेवीहरुको भूमि रहेको मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।
उनले सदुपयोग नहुने भएकाले अब सरकारले नगद बाँड्ने कुरालाई प्रोत्साहन नगर्ने बताउँदै पशुपालन र उपकरण र औजारका लागि अनुदान दिने नीतिमा जानु पर्नेमा जोड दिए ।