Harsamaya
संघीयतालाई बलियो  बनाउन शिक्षा ऐन अपरिहार्य - पूर्व स्वास्थ्यमन्त्री लामा
बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य निमा लामा ।

काठमाडौं - बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य निमा लामाले शिक्षा ऐन अपरिहार्य रहेको बताएका छन्।

लामाले संघीयतालाई बलियो बनाउन भए पनि शिक्षा ऐन जारी गर्न अनुरोध गरेका छन् ।

लामाले सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्दै अहिलेको स्मार्ट शिक्षालाई २०२८ सालको शिक्षा ऐनले सम्बोधन गर्न नसक्ने भन्दै ढिला नगरी अध्यादेशबाट भएपनि शिक्षा ऐन जारी गर्नुपर्ने अपरिहार्य भएको बताएका छन् ।

उनले लेखेका छन्,  ‘२०२८ सालको शिक्षा ऐन ले अहिलेको स्मार्ट शिक्षा लाई सम्बोधन गर्न सक्दैन र संघियता लाई बलियो बनाउन पनि शिक्षा ऐन अपरिहार्य छ| अब ढिलो नगरौ, अध्यदेश जारी गर संघीय सरकार जय नेपाल ।’

केही दिन यता शिक्षकहरू शिक्षा ऐन जारी नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update