Harsamaya
काठमाडौंका यी स्थानमा सवारी ‘डाइभर्सन’ गरिने
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - नेपाल प्रहरीले काठमाडौंमा हुने विरोध कार्यक्रममा कारण सवारी आवागमन प्रभावित हुन सक्ने भन्दै सवारी डाइभर्सन गरेको छ। खसीबजार-मकालु-कंलकीचोक-बाफल, बल्खुचोक-कुलेश्वर-कालीमाटीचोक-टेकु, किर्तीपुर-सुन्दरीघाट-सानेपा-एकान्तकुनाको सवारी आवागमन डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले आवश्यक परेमा त्रिपुरेश्वर-बालाजु, हलचोक, नैकाप, सितापाइला, चोभार, फर्पिङ, नख्खु, दोबाटो र कोटेश्वरमा डाइभर्सन गरिने जनाएको छ । 

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन गरिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा, नेपाल शिक्षक महासंघले माइतीघर-बानेश्वर र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा प्रदर्शन गर्ने भएका हुन् । 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update