Harsamaya
आज काठमाडौंका तीन स्थानमा प्रदर्शन 
शिक्षकहरूको प्रदर्शन : फाइल फोटो ।

काठमाडौं - आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ । 

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् । 

राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने भएका छन् । 

यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्ति वाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ । 


 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update