Harsamaya
भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रवि एक्लै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

भैरहवा-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरेपछि उनी पूर्पक्षका लागि जेल चलान भएका हुन्।

अब कम्तीमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन् ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार ब्लक नम्बर ४ मा छिर्नु अघि कम्तीमा १ घण्टासम्म लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको थियो भने त्यसपछि मात्रै लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको हो ।

‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update