Harsamaya
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । भइरहेको छ ।

त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update