Harsamaya
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकाल। 

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाएका हुन् । 

उनले लेखेका छन् ,‘ रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ । दुइ–चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन ।’

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update