Harsamaya
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। 

बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 

बैठकमा मङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने छ । 

मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी गरिरहेको थियो । तर  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेपछि राप्रपाले कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update