Harsamaya
साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका साधक सम्मानित
रमा- कृष्ण सृजना प्रतिष्ठानले साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभालाई एक समारोह।

काठमाडौं - रमा-कृष्ण सृजना प्रतिष्ठानले साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभालाई एक समारोहबिच सम्मानित तथा पुरस्कृत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राडा. वासुदेव त्रिपाठीले उहाँहरूलाई २०८० र २०८१ सालको सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । 

भवानी घिमिर स्मृति रमा-कृष्ण साहित्य सम्मानबाट साहित्यकार तथा समालोचक प्राडा चूडामणि बन्धु र प्राडा अभि सुवेदी हुनुहुन्छ। वीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीत साधक बुलु मुकारुङ र राजकुमार श्रेष्ठलाई प्रदान गरियो । 

यसै गरी डा. हर्क गुरुङ स्मृति रमा-कृष्ण विज्ञान/प्रविधि स्मृति रमा-कृष्ण विज्ञान/प्रविधि पुरस्कार वैज्ञानिक, अन्वेषक डा. मनिषराज पाण्डे र डा. इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरियो ।

कार्यक्रममा डा. गीता त्रिपाठी, डा. ईशान गौतम र डा. अञ्जना सिंहले सम्मानित पुरस्कृत प्रतिभाका बारेमा परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवयित्री लक्ष्मी उप्रेतीको कवितासङ्ग्रह 'तरङ्गित धुन' को अङ्ग्रेजी अनुवादको लोकार्पण गरिएको थियो।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update