Harsamaya
अर्थसहित तीनवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद सचिवालय ।

काठमाडौं - अर्थसहित तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १० बजेबाट सुरू हुनेछ । जुन बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमनबारे छलफल हुनेछ ।

उता, दिउँसो ३ बजे देखि सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।

Page0001-28--1743987854.jpg
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update