Harsamaya
कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्न सक्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update