वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं - वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस) का पूर्व प्रमुख समाचारदाता रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसाल १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो ।
रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ २२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय