Harsamaya
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नागार्जुन नगरपालिका-१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update