Harsamaya
बलात्कार आरोपमा पुरुष पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मोरङ - १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update