Harsamaya
‘द प्रिसियस आर्ट’का विद्यार्थीको कलाले भरियो बबरमहल, कला सिकाउँदै सचिनराज
बबरमहलको आर्ट काउन्सिलमा द प्रिसियस आर्टका विद्यार्थीको कला प्रदर्शनी। तस्विर : हर समय/Har Samaya

काठमाडौं - बबरमहलको आर्ट काउन्सिलमा द प्रिसियस आर्टका विद्यार्थीको कला प्रदर्शनी भइरहेको छ । सो संस्थामा अध्ययनरत १० जना विद्यार्थीको आर्ट प्रदर्शनी भइरहेको संस्थाका संस्थापक सचिनराज बज्राचार्यले जानकारी दिए । १० जना विद्यार्थीहरूको सामूहिक प्रदर्शनीलाई ‘संगम ग्रुप आर्ट एक्जिविसन’ नाम दिइएको छ । सो प्रदर्शनीमा ८० देखि ९०वटा आर्टहरू राखिएका छन् । 

पाटन दरबारमा रहेको संस्था स्थापना भएको १२ वर्ष पुग्न लागेको अवसरमा प्रदर्शनी गरिएको हो । अप्रिल ८ मा सो संस्था स्थापना भएको १२ वर्ष पुग्छ । संस्थामा हाल २ सय बढी विद्यार्थीहरू आर्ट सिकिरहेका छन् । यहाँ पेपरग्राफ, ओरिगामी र डिजिटल वर्कहरू सिकाइन्छ । संस्थाले महिनाको कुनै एक शुक्रबार विभिन्न वर्कशपहरू गर्ने गरेको पनि बज्राचार्यले जानकारी दिए । 

६ महिनादेखि एक वर्षसम्म आर्ट सिकेकोहरूको कला प्रदर्शनीमा राखिएको छ । यहाँ राखिएका आर्टहरू २५ सय देखि ५० हजारसम्म मूल्यका रहेको बज्राचार्यले बताए । ‘विद्यार्थीहरूको धेरै भगवानहरूको आर्ट बनाएका छन्’, उनले भने, ‘हिन्दु र बुद्धिजमहरूको बढी छ त्यस्तै फूलहरू र प्रकृतिहरूको पनि आर्टहरू छन् ।’  ५ अप्रिलबाट सुरु भएको प्रदर्शनी ८ अप्रिलमा सकिनेछ ।

2-1743956136.jpg
संस्थामा  ४ वर्षदेखि ६० वर्षका मानिसहरू आर्ट सिक्न आउँछन् । पहिला आर्टको क्रेज थिएन तर अहिले महत्व बढिरहेको उनी बताउँछन् । उनको संस्थाले आधारभूत र एड्भान्स गरी आर्टहरू सिकाउँछ ।  आधारभूत तह ४ देखि ६ महिनामा पुरा गर्न सकिन्छ भने  एड्भान्स कोर्स पुरा गर्न ६ देखि ८ महिनासम्म लाग्छ । 

दैनिक कक्षामा आउने विद्यार्थीका लागि ८ हजार शुल्क तोकिएको छ भने हप्तामा एक पटक आउने विद्यार्थीको लागि मासिक २ हजार शुल्क तोकिएको छ । 

बज्राचार्य आर्टमा राम्रो भविष्य देख्छन् ।  ‘मानिसहरूले घर अफिसमा आर्टहरू सजाएको देख्न सकिन्छ’, उनी भन्छन्, ‘आर्ट गरेर राम्रो जीवनयापन गर्न सकिन्छ । उनले आर्टलाई आफ्नो पेसा बनाएका छन् ।’ त्यतिमात्रै होइन उनले १० जनालाई रोजगारीसमेत दिएका छन् । 

उनको संस्था बिहान ७ बजेबाट साँझ ७ बजेसम्म १२ घण्टा खुल्छ । सिक्ने विद्यार्थीलाई जुन समय मिल्छ सोही समयमा आउन मिल्छ ।
3-1743956240.jpg
4-1743956241.jpg
5-1743956259.jpg

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update