Harsamaya
‘चैत २६ गते राप्रपाको कार्यक्रम भृकुटीमण्डपमा गर्न नदिने’
जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले चैत २६ गते राप्रपाले गर्ने भनेको कार्यक्रम भृकुटीमण्डपमा गर्न नदिने भएको छ । 

आइतबार प्रशासनले एक विज्ञप्ति जारी गर्दै विभिन्न आन्दोलन भइरहेकाले भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने बताएको हो । प्रशासनले सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम आयोजना गर्न अनुरोध पनि गरेको छ । 

‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ । 

भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मा प्रशासनलाई इमेल पठाएको थियो ।  

prasaan-1743955170.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update