
सिन्धुपाल्चोक - राष्ट्रिय गीतका रचनाकार प्रदिपकुमार राई (व्याकुल माईला)ले विकासको आधार नै शिक्षा भएकोले इन्द्रावती गाउँपालिकालाई विकास गर्न भ्याली स्कुलले सहयोग पुर्याउने बताएका छन् । इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा रहेको नवलपुर भ्याली स्कुलले अभिभावक दिवस एवम् दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले देशमा विकास र परिवर्तन चाहने हो भने सोचाइमा परिवर्तन हुनुपर्ने तर्क राखेका हुन् ।
त्यस्तै राईले देशमा उत्पादन गर्ने जनशक्तिको अभाव भएको बताउँदै शिक्षामा पनि कृषिलाई बढी फोकस गर्नुपर्नेमा जोड दिए । ‘शिक्षामा अहिले एआईले फड्को मार्यो एआई डक्टर बन्छ, शिक्षक बन्छ, पाइलट बन्छ, तर एआईले कृषिमा कृषि गर्न सक्दैन जोड्नुपर्छ’ ,उनले भने, ‘एआईले पढाउछ ,शिक्षा दिन्छ तर उत्पादन त गर्दैन त्यसैले शिक्षामा पनि कृषिलाई प्राथमिकता दिएर पढाउनु पर्छ ।’
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष शोभाना तामाङले विद्यार्थीहरूलाई विद्यालयमामात्रै अध्ययन गरेर सफल नहुने भन्दै घरमा पनि अध्ययन गर्नुपर्ने र गृहकार्य गर्ने बानी गर्नुपर्ने बताइन् ।
त्यस्तै इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्र बहादुर तामाङले भ्याली स्कुलको उन्नति प्रगति देख्दा आफूलाई गौरवान्वित महसुस हुने बताए । तामाङले दिक्षित समारोहमा विद्यार्थीहरुले दिएको भनेको स्पीचले मुटुमा छोएको बताए।
उनले विद्यार्थी र अभिभावकको हर्षोउल्लासमय उपस्थिति देख्दा मनै प्रफुल्ल भएको बताए।
तामाङले सामुदायिक विद्यालयमा यस्तो उपस्थिति देख्न नपाएकोमा दुखेसो समेत पोखे । सुव्यवस्थित तरिकाले शिक्षा दिनुपर्ने तरिका सामुदायिक विद्यालयले नवलपुर भ्यालीबाट सिक्नु पर्ने उनको सुझमव थियो।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका ७ का वडाध्यक्ष रविन्द्र कुमार खातीले देशको युवा शक्ति विदेश पलायन भएकोमा दुख व्यक्त गर्दै स्वदेशमा खेतबारी बाझो भएकोले कृषिमा प्राथमिकता दिएर उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताए । किसान बन्नका लागि पनि पढाउनु पर्ने उनको भनाई थियो ।
आइतबार विद्यालयको प्राङ्गणमा विद्यार्थीलाई दिक्षित गर्दै अभिभावक दिवस मनाइएको हो। सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याइएका चार जना स्रष्टालाई सम्मान गरिएको छ ।
सम्मान हुनेमा कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याट्टा), दुर्गा थापा, कमला पाख्रिन र देविकप्रसाद चापागाईं छन् ।
धिताललाई नवलपुर कला विधा सम्मान गरिएको छ भने शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै सदाबहार एकेडेमीका प्रधानध्यापक दुर्गा थापालाई नवलपुर शैक्षिक सम्मान गरिएको छ।
त्यस्तै कान्तिपुरकर्मी एवम् नेपाल पत्रकार महासंघकी उपाध्यक्ष कमला पाख्रिनलाई नवलपुर पत्रकारिताबाट सम्मान गरिएको छ। त्यस्तै नवलपुर साहित्यबाट देविकप्रसाद चापागाईं सम्मानित भएका छन् ।
वार्षिकोत्सवकै अवसरमा युकेजीबाट एक कक्षामा उतीर्ण हुने ३० जना विद्यार्थीलाई दिक्षित गरिएको थियो। अनौपचारिक शिक्षा तह पार गर्दै औपचारिक शिक्षामा प्रवेश गरेकोले विद्यार्थीलाई दिक्षित गरिएको नवलपुर भ्याली स्कुलका प्रधानध्यापक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।
वार्षिकोत्सव एवम् दीक्षान्त समारोह नवलपुर भ्याली स्कुलका विमला पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो।