Harsamaya
सडकबाट समर्थकहरूको आवाज : ‘देशको शान कुलमान’
नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरूले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । 

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरूले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । 

आइतबार माइतीघर मण्डलामा घिसिङको पुनःवहालीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

सोही क्रममा उनीहरुले ‘उर्जामन्त्री दीपक खड्का राजीनामा दे’, ‘देशको शान कुलमान घिसिङ’, ‘प्राधिकरणको राजनीति बन्द गर’, ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ जिन्दावाद’, ‘कुलमान हाम्रो शान हो, देश र जनताको मान हो,’‘कुलमानलाई बर्खास्त गर्ने निर्णय फिर्ता गर’ लेखिएको प्ले कार्डहरू बोकेका थिए । 
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update