Harsamaya
आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले आन्दोलनरत शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

विगत पाँच दिनदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । 

‘नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासंघबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा.कोइरालाले सामाजिक संजालमार्फत भनेका छन् ।

महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update