अर्घाखाँचीमा जिप दुर्घटना:दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं - अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा मालारानी ४ का दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
खनदहतर्फ गइरहेको जिप आइतबार बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।
अन्य दुई जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय