
रौतहट - बारा प्रहरीले लागू औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाईकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ११.६८ किलो लागू औषध चरेस बरामद गरेको हो ।
लागू औषध चरेस बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ स्थितबाट चरेस, मोटरसाइकलसहित मानिसलाई नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीले बताए ।
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जबारे बस्ने वर्ष ३८ को दशरथ थिङलाई पनि नियन्त्रणमा लिइएको छ । मोटरसाइकलको सिटमुनी लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध चरेस बरामद गरिएको उनले जानकारी दिए ।
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।