Harsamaya
भारतीय एम्बुलेन्समा अवैध ट्रामाडोल क्याप्ससुल बरामद, चार पक्राउ
भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ । 

काठमाडौं - शनिबार ललितपुर भट्टेडाँडाको चेकपोष्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ । 

शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो । 

प्रहरीले भारतका २० वर्षीय समिर आलम, ३३ वर्षका मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षका नोजन खातुन र २२ वर्षका मोहम्मद उमर सिद्दिकीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । 

प्रहरीले आवश्यक कारबाहीको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गराएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update