Harsamaya
व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जब व्यवसाय फस्टाउँछ तब मात्र राज्य फस्टाउने बताएका छन् ।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समुद्घाटन समारोहमा बोल्दै मन्त्री  भण्डारीले वस्तुभन्दा जनशक्ति निर्यात राज्यलाई स्वीकार्य नभएको र त्यो रोक्नका लागि उद्योग, व्यवसाय बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘व्यवसाय  धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो । जब व्यवसाय  फस्टाउँछ तब मात्र राज्य फस्टाउने हो । राज्य र व्यवसायबीचको बुझाइ सत्तामा हुँदा एउटा र सत्ता बाहिर जाँदा फरक हुने गरेको देखिन्छ । राजनीतिको यस्तो एउटा नियति नै बनेको छ । व्यवसायीलाई हेर्ने दृष्टिकोण, उद्योगीलाई हेर्ने दृष्टिकोणमा अहिलेपनि विभिन्न खालका भ्रान्तिहरू छन् ।  वस्तु भन्दा जनशक्ति निर्यात राज्यलाई स्वीकार्य छ । त्यो रोक्नका लागि उद्योग जोगाउनुपर्छ, व्यवसाय बढाउनुपर्छ ।’ 

साथै उनले जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुने बताए । उनले उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ । अर्थतन्त्रका शंङ्कुचन आएको छ । यसो भनिरहँदा उद्योगीसँग मिलेको दलाल मन्त्री भनेर पनि भन्न भ्याउँछन् । उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ ? यहाँको व्यवसायले जब मुनाफा कमाउँछ । त्यसपछि पो रोजगारी सिर्जना हुने हो । ’


 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update