
काठमाडौं - ललितपुरको महालक्ष्मी नगरपालिका-९ मा डिएसआर जिम खुलेको छ । चार जना युवा मिलेर सञ्चालन गरेको जिमको यो दोस्रो शाखा हो । दिपेन्द्र थापा, सरोज राणा, रघु बिष्ट र रमेश घतानि मिलेर गत वर्ष ललितपुरकै टिकाथलीमा डिएसआरको पहिलो शाखा खोलेका थिए ।
डेढ करोड लगानीमा लामाटारमा खोलेको दोस्रो जिममा मानिसहरूको आकर्षण रहेको सञ्चालक थापाले बताए । ललितपुरको हरिसिद्धिका थापा १० वर्षदेखि जिममा नै आफ्नो भविष्य खोजिरहेका थिए । ‘यसो साथीहरू गफ गर्दा गर्दै जिम खोलौं भन्ने सल्लाह भयो’, उनले भने, ‘सोही अनुसार लामाटारमा जिम खोलेका छौं।’
शनिबारबाट सुरु भएको जिमम भर्ना निशुल्क गरिएको छ भने महिनामा ३ हजार शुल्क तोकिएको छ । ३ महिनाको प्याकेज लिनेले ८ हजार ५०० सय, ६ महिनाको प्याकेज लिनेले १६ हजारमा जिम जान पाउँछन् । एक वर्षको प्याकेज लिनेले भने ३० हजार शुल्क तिरेर जिम जान सक्नेछन् । ग्राहकको आवश्यकता अनुसार अन्य सेवा पनि थप्दै जाने थापाले बताए । ‘हामीले नयाँ सुरुवात गरेका छौं’ उनले भने ‘मानिसहरूको इच्छा धेरै के मा हुन्छ सोही अनुसार अन्य सेवाहरू थप्नेछौं ।’