कविता : अस्तित्वको उज्यालो

तिम्लाई दुखी बनाएर
खुशी कहाँ रोज्न सक्छु
तिम्लाई पीडा दिएर
शान्ति कहाँ खोज्न सक्छु
भैगो अब दुखी हुन
पर्दैन हो तिमी रुन
तिम्रो लागि भाग्छु देउता
नसकोस् है दैवले छुन
हिड्दै थिए ठेस लाग्यो
उठाउने हात दियौं
पुग्नु थियो पर कतै
दोबाटोसम्म साथ दियौं
हराएका मुस्कानका
एक दुई थुंगा फूल दियौं
हजार दियौं तिम्ले मात्रै
खुशीका ती मूल दियौं
थिएन केही दिन तिम्लाई
रित्तो रित्तो भएको थेँ
भरिदियौं तिम्ले मलाई
भरिपूर्ण भएको थेँ
पाउन खोजे आकाशको जुन
धर्तीको म धूलो थिए
उज्यालिए तिम्रो साथले
अस्तित्व नै भुलिदिए ।
अस्तित्व नै भुलिदिए !!
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१ ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय