रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।
उच्च अदालत, बुटवलले लामिछानेलाई पुन: थुनामा राख्ने आदेश दिएपछि हिजो साँझ उनी पक्राउ परेका थिए ।
पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ ।
लामिछानेलाई आजै रूपन्देही लगिँदैछ । हिजो रातभर उनी काठमाडौं प्रहरी परिसरको हिरासतमा थिए ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१ ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय