Harsamaya
राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति बुद्धिमान तामाङको आपत्ति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङ

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताए । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सांसद तामाङले राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति आपत्तिसमेत जनाए ।

उनले भने, ‘राजालाई किन भूत देख्नुहुन्छ ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो । दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन, २०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो ।’

सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए । उनले भने, ‘गोली कति चल्यो ? वरिष्ठ उपाध्यक्ष  र महमन्त्रीलगायत थुनामा छन् । माननीयजस्तो मान्छेलाई हतकडी लगाएर लैजान मिल्छ ? रवीन्द्र मिश्रजस्तो मान्छे भााग्छ ?’
 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update