Harsamaya
 हितराज पाण्डेको प्रश्न : तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार को हो ? 
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे ।

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार को हो ? भन्दै प्रश्न गरे  । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समयमै सुरक्षाकर्मी पुगेको भए आगलागी हुँदैनथ्यो भन्ने छ  किन सुरक्षाकर्मी पुगेन ? भन्दै गृहमन्त्रीलाई  प्रश्न गरे ।

उनले भने, ‘तीनकुने नै किन ठाउँ दिइयो ? मुख्य योजनाकार को हो ? कसले जिम्मेवारी लिने ? राजावादी भनेर सबैलाई लगाएर हुँदैन,  समाजवादी मोर्चाको एउटा घटकको कार्यालयमा समयमै सुरक्षाकर्मी पुगेको भए आगलागी हुँदैनथ्यो भन्ने छ । किन सुरक्षाकर्मी पुगेन ?, दुर्गा प्रसाईंलाई आफ्नै अघि हुँदा नसमाउने, अनि पक्राउ गर्ने योजना ? छानबिन आयोग बन्छ कि बन्दैन ?’
 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update