Harsamaya
पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्छ - रघुजी पन्त
नेकपा (एमाले)का सांसद रघुजी पन्त ।

काठमाडौं - नेकपा (एमाले)का सांसद रघुजी पन्तले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे न्यायिक छानबिन आयोग गठन गर्न नहुने तर्क गरे । उनले समितिको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भने बयान लिनुपर्ने बताए ।

उनले भने, ‘आपराधिक घटनामा सरकारले न्यायिक आयोग गठन गर्न हुँदैन । शान्तिपूर्ण आन्दोलनमा क्षति भए आयोग गठन हुने हो, श्री ५ भनेर सूचना जारी गर्न लगाउने र गर्नेलाई किन कारबाही नगरेको ? नागरिकको अधिकार ज्ञानेन्द्रलाई छ, गाडी ल्याउँदा दुर्गा प्रसाईंलाई किन नपक्रिएको । यस घटनामा ज्ञानेन्द्र शाहको भूमिका भए बयान किन नलिएको ?’

 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update