Harsamaya
तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो
सांकेतिक तस्वीर: हर समय/Har Samaya
काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
 
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र  देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
राती भने गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा र  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
 बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update