Harsamaya
सुनको मूल्य ३९ सयले घट्यो 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । 

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । 

अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो । यसैगरी आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update